११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

किरण चेम्जोङ विवाह बन्धनमा बाँधिए

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ आज विवाह बन्धनमा बाँधिएका छन् ।

पूर्वकप्तान चेम्जोङले प्रेमिका कञ्चन निरौलासँग आज लगनगाँठो कसेका हुन् । उनीहरुले सीमित आफन्तलाई मात्र विवाहमा बोलाएका छन् ।

उनीहरुको बालुवाटारस्थित एक ब्याङकेटमा विवाह भइरहेको छ । उनीहरुले सोमबार हल्ली मेहेन्दीको कार्यक्रम गरेका थिए ।

चेम्जोङका प्रेमिका एती एअरलाइन्समा एअर होस्टेज हुन् । गत साउन १७ मा चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले टिमकै अगाडि प्रेमिकासँग ‘ईंगेजमेन्ट’ गरेका थिए ।

बुझिएअनुसार विगत डेढ वर्षदेखि किरण र कञ्चन प्रेममा छन् । यसअघि नेपालले थ्री नेसन्स कप जितेपश्चात किरणले उपाधि उचाल्दा कञ्चन पनि फ्रेममा देखिएकी थिइन् ।

प्रतिक्रिया सबै