११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

काठमाडौं-४ बाटै चुनाव लड्छु : गगन थापा

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन फारम सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि उनले यस्तो बताएका हुन् ।

‘म काठमाडौँ-४ मै लड्छु । यता कसैले आवेदन मागेको छैन । मैले दिएको पनि छैन । तर, मेरो नाम सिफारिस भैहाल्छ । कास्की १ बाट मनोनयन फारम दर्ता गरिएको बारेमा केही जानकारी छैन’, उनले भने ।

महामन्त्री थापाले केही सञ्चारमाध्यमहरुमा आफूले काठमाडौँ-४ मा उम्मेदवार बन्नका लागि निवेदन दिएको बारेमा आएको समाचार प्रति पनि आश्चर्यता प्रकट गरे ।

यसअघि भानुभक्त ढकालमार्फत उनका नाममा कास्की १ बाट उम्मेदवार बन्न दर्ता गरेको निवेदन सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भएको थियो ।

प्रतिक्रिया सबै