९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

न्युयोर्कमा बन्दुक बोक्न प्रतिबन्ध

 बिहिबार, भदौ १६ २०७९  

न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यका विभिन्न स्थानमा विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको छ । प्रसिद्ध टाइम्स स्क्वायर, न्यूयोर्क शहर र राज्यका अन्य सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् ।

न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्ने प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबारदेखि लागू भएको छ ।

कानुन पारित भएसँगै बार, पुस्तकालय, विद्यालय, सरकारी भवन र अस्पताललगायतका स्थानमा हतियार बोक्न निषेध गरिएको छ । प्रतिबन्धहरू कानुन प्रवर्तन अधिकारीहरूमा भने लागू हुने छैन ।

बन्दुकसँग सम्बन्धित आक्रमणका कारण अमेरिका बर्सेनि दर्जनौँ मानिसको मृत्यु हुने गरेको छ । बन्दुकको पहुँचमा कडाइ नहुँदा बन्दकजन्य हिंसाका घटनामा वृद्धि भएको विज्ञहरूले बताउँदै आएका छन् ।

यसैबीच वासिङ्टनमा दुई जना विद्यार्थी साथीलाई गोली हानेर घाइते बनाएको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

प्रतिक्रिया सबै