११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

सोनम तोप्देन भावुक !

 शुक्रबार, भदौ १७ २०७९  

काठमाडौं । फिल्म ‘सम्हालिन्छ कहिले मन’ आजबाट प्रदर्शनमा आउँदैछ । फिल्म प्रचारका क्रममा कलाकार तथा निर्माण टिमले हेलिकप्टरको प्रयोग गरेको छ ।

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित फिल्म प्रदर्शनको अघिल्लो दिन काठमाडौंको त्रिभुवन विमानस्थलबाट सोन मतोप्देन हेलिकप्टरबाट चोभार पुगे । चोभारमा हेलिकप्टर ल्याण्ड भएपछि हेलिकप्टरबाटै फूल वर्षाएर फिल्मको प्रचार गरेका हुन् ।

एकताका नेपाली फिल्म छायांकनका लागि निकै चर्चित चोभार पछिल्लो समय उक्त लोकेशनमा कमै मात्र फिल्म छायांकन हुने गर्छ । नेपाली फिल्मको इतिहासमा सबैभन्दा धेरै छायांकन स्थलका रुपमा प्रयोग भएको चोभारलाई सम्मान गर्दै फिल्म प्रचारका लागि चोभार रोजेको नायिका पूजाको भनाई छ ।

उचाइमा पुगेर फिल्मको प्रमोशन गर्न पाउँदा खुशी लागेको नायक आकाश श्रेष्ठ बताउँछन् । उनले फिल्म उत्कृष्ट बनेको बताउँदै दर्शकलाई फिल्म हेरिदिन आग्रह समेत गरे ।

यहि फिल्मबाट रजतपटमा देखा परेका सोनम तोप्देन पहिलो फिल्मबाटै आफूले माया पाएको भन्दै भावुक देखिए । राम्रो टिमसँग काम गर्न पाएकोमा उनले खुशी व्यक्त पनि गरे । उनले आफूले गरेको संघर्ष सम्झँदै पुजा जसले राम्रो मान्छे बनेर आफुलाई साथ दिएको बताएका थिए । त्यसपछि उनलाई नायिका पुजाले अंगालो हालेका थिए ।

एबी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकन सौरभ लामाले गरेका हुन् । सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा अर्जुन पोख्रेलले संगीत गरेका छन् ।

प्रतिक्रिया सबै