८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

मातृभाषाका मर्मज्ञ

 शनिबार, भदौ १८ २०७९  

‘भाषिक ज्ञान भनेको ठूलो योग्यता रहेछ’ रीता राई राराहाङले खुसी व्यक्त गरिन्, ‘बान्तवा भाषासम्बन्धी राम्रो ज्ञान थियो । त्यही योग्यताले डोरिँदै आज पत्रकारको परिचय बनाएकी छु ।’

पत्रकार राराहाङले पत्रकार बन्छु भन्ने कल्पनासमेत गरेकी थिइनन् । बान्तवा भाषाको गोष्ठी धाउँदाधाउँदै, एफएम रेडियोमा बान्तवा भाषाको कार्यक्रम सञ्चालन गर्दागदैँ उनले पत्रकारका रुपमा फराकिलो परिचय बनाएकी हुन् । बान्तवा भाषाकै कार्यक्रम सञ्चालकका रुपमा उनको पत्रकारिता यात्रा सुरु भयो ।

भाषामा दख्खल भएकै कारण संवत् २०६४ मा इलामबाट सञ्चालित नेपाल वाणी एफएममा पहिलो पटक कार्यक्रम उत्पादक तथा सञ्चालकको जिम्मेवारी पाएकी उनले त्यसपछि रेडियो फिक्कल, फिक्कल इलाम र इलाम एफएम इलाममा समेत भाषासम्बन्धी कार्यक्रम सञ्चालकको भूमिका निर्वाह गरिन् ।

लामो समय इलामको विभिन्न एफएम रेडियोमा भाषिक कार्यक्रम सञ्चालकका रुपमा अनुभव सँगालेकी उनले काठमाडौं पसेपछि समेत गोर्खा एफएम, रेडियो कान्तिपुरमा भाषिक कार्यक्रम चलाइन् । ‘हरेक ठाउँमा मेरा लागि भाषा मूलबाटो बन्यो,’ उनले गर्व गरिन्, ‘यत्तिका समय भाषासम्बन्धी कार्यक्रम सञ्चालन गर्दा भाषाले साँच्चै आत्मीयता दिँदोरहेछ । मातृभाषा पत्रकारिताले दिमाग होइन् दिल छुँदोरहेछ ।’

पत्रकारिता यसै पनि चूनौतीपूर्ण मानिन्छ । त्यसमा पनि मातृभाषा पत्रकारित गर्नेको बेग्लै चुनौती हुन्छ । अनेकौँ आरोह-अवरोहबीच यात्रा जारी छ । इन्डिजिनियस टेलिभिजनसंग सम्बद्ध उनको एफएमदेखि टेलिभिजनसम्मको यात्रा त्यतिकै रोमाञ्चक छ ।

इन्डिजिनियस टेलिभिजनमा ‘आन खिम आन यङ’ कार्यक्रम सञ्चालक उनको आवाजको तंरङदेखि काँचको पर्दासम्म आइपुग्दा आफैंलाई परिपक्क ठानेकी छन् । ‘मातृभाषाको कार्यक्रम सञ्चालनका सुरुवाती दिनमा दन्किरहेको ज्वालामा जानीजानी हामफाल्न पो गएकीझैं हुँ कि जस्तो लागेको उनले सुनाइन् । सीमित स्रोत, साधन र श्रोता भएपछि त्यस्तो लाग्नु अस्वाभाविक होइन् । कयौंपटक आफैंले आफैंलाई प्रश्न गरेकी थिए,’ उनले सुनाइन् । ‘के म एक्काइसौं शताब्दीको विश्वव्यापीकरण दुनियाँमा ठीक त गरिरहेकी छु । तत्काल चित्त बुझाउँथे । अरुले जेसुकै भनुन् । आफ्नो काम अनि जिम्मेवारी भुल्नुहुन्न ।’

धेरैले अयोग्य देखेको यो क्षेत्र नै उनका लागि ठूलो योग्यता बन्यो । उनी भाषाका कारण समुदायमा मात्र होइन्, हरेक ठाउँ चिनिएकी छन् । उनको परिचय बनेको छ भने त्यो भाषाका कारण नै बनेको हो । उनको कहीं योगदान देखिन्छ भने त्यो भाषाकै कारण बनेको देखिन्छ । उनीसँग भाषिक ज्ञान थियो । त्यही भएर उनले काम खोज्नुपरेन । कामले उनलाई खोजेकोे छ । उनी रेडियोदेखि टेलिभिजनसम्म, गाउँको मझेरीदेखि सहरको भव्य मञ्च-रंगमञ्चहरुमा भाषाकै कारण उभिएकी छन् ।

किरात राई पत्रकार संघद्वारा प्रकाशित ‘राई पत्रकार’ पुस्तक

 

प्रतिक्रिया सबै