८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

किरात एकेडेमी पुरस्कार विप्लव र राजकुमारलाई प्रदान, भोगीराजलाई सम्मान

 शनिबार, भदौ १८ २०७९  

काठमाडौं । लेखकद्वय विप्लव ढकाल र राजकुमार दिक्पाललाई ‘किरात एकेडेमी पुरस्कार’ प्रदान गरिएको छ ।

किरात एकेडेमीले स्थापना गरेको पुरस्कार ढकालको ‘भोजपुरको वाङमय’ र दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’लाई रु. ५० हजार राशीसहितको पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, मुन्दुम अध्येता भोगीराज चाम्लिङलाई किरात एकेडेमी सम्मान प्रदान गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा आयोजित किरात एकेडेमी सम्मान तथा पुरस्कार अर्पण समारोहमा प्राध्यापक अभि सुवेदीले पुरस्कार तथा सम्मान हस्तान्तरण गरेका हुन् ।

एकेडेमीका अध्यक्ष भूपाल राईका अनुसार यो पुरस्कारका लागि यसअघि सात वटा कृतिको सूची सार्वजनिक गरिएको थियो । सार्वजनिक सूचीमध्ये दुई वटालाई संयुक्त रूपमा दिइएको हो ।

यसअघि पहिलो पटक युग पाठकको उपन्यास ‘उर्गेनको घोडा’ र दोस्रो पटक झलक सुवेदीको अनुसन्धानमूलक पुस्तक ‘ब्रिटिस साम्राज्यको नेपाली मोहोरा’ ले प्राप्त गरेका थिए ।

प्रतिक्रिया सबै