११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

सेयर बजारमा सामान्य सुधार

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । आइतबार नेप्से परिसूचकमा सामान्य सुधार भएको छ । आइतबार नेप्से परिसूचक ६.६८ अंक बढेर १९७७.३० बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.५७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले बढेको छ ।

आइतबार कारोबारमा आएका २२७ कम्पनीको २८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक १.८५ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ ।

आइतबार रुरु जलविद्युत परियोजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ । यता सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन करिव ३ प्रतिशत घटेको छ । आइतबार रिडी पावर ८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया सबै