९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

पाल्हिनन्दन गाउँपालिकाका अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी

 सोमवार, भदौ २० २०७९  

काठमाडौं । पश्चिम नवलपरासिको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पक्राउ पूर्जि जारी भएको छ । दुई जना भारतीय नागरिकलाई लागू औषध मुद्दामा फँसाएको आरोप लागेका बैजुलाई जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जि जारी गरेको हो ।

जिल्ला अदालत नवलपरासीका श्रेस्तेदार प्रेमप्रसाद पौडेलका अनुसार लागुऔषध मुद्दामा गुप्तालाई पक्राउ गर्न प्रहरीले अनुमती मागेकाले अदालतबाट अनुमती दिएको हो ।

असार २२ गते नवलपरासीको रामग्राम नगरपालिका १७ पिपरहियाबाट प्रहरीले भारत मोतिहारी घर भई भुमहीमा कवाडीको कारोबार गर्ने रामा गुप्ता र जीतेन्द्र पासवनलाई लागूऔषध ओसारपसार गरेको भन्दै पक्राउ गरेका थियो । गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता र पक्राउ परेका रामा गुप्ताले साझेदारीमा कवाड व्यवासय गर्दै आएका थिए ।

व्यवसायबाट भएको नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमति बेवास्ता गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले रकम दिन आलटाल गर्दै आएको रामाका आफन्तको भनाई छ । दिनुपर्ने रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले बैजुले रामा र जितेन्द्रलार्ई लागु औषध मुद्दामा फसाएको आरोप छ ।

थुनामा रहेका गुप्ताका परिवार, कांग्रेस र जनता समाजवादी पार्टीले केही दिन अघि परासीमा पत्रकार सम्मेलन गरी गाउंपालिका अध्यक्ष गुप्ताकै योजनामा भुमहीमा बसेर कवाड व्यवसाय गर्दै आएका गुप्ता र पासवानलाई फसाएको दावी गरेका थिए ।

स्थानीयले गाउँपालिका अध्यक्ष गुप्ता स्वयं लागु औषाधको कारोबारी भएका र उनले मान्छेहरु खटाएर लागु औषध कारोबार गर्दै आएकोले त्यस विषयमा उनीमाथि नै उच्चस्तरीय अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया सबै