१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

गोंगबु बसपार्क क्षेत्रमा पनि महानगरको डोजर

 सोमवार, भदौ २० २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।

गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । म्हेपीदेवीबाट मित्रनगर तर्फ जाने सडकमा अहिले महानगरले डोजर प्रयोग गरेर अवैध संरचनाहरु हटाइरहेको उनले बताए ।

महानगरले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड बढेपछि प्रहरीले बल प्रयोग गरेर सो क्षेत्र खाली गराएको छ । नेपाल प्रहरीको टोलीले नगर प्रहरीको आग्रहमा भीडलाई हटाएको महानगरले जनाएको छ ।

 

प्रतिक्रिया सबै