११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

भ्रष्टाचार मुद्दाका अभियुक्तलाई देउवाको सम्मान, कर्मचारीतन्त्रमा खैलाबैला

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार मुद्दाका अभियुक्तलाई पनि सम्मान गरेका छन् । आइतबार कांग्रेस निकट निजामती कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा देउवाले घुससहित पक्राउ परेका कर्मचारी  रामबाबु मण्डललाई सम्मान गरेका हुन् ।

युनियनमा आबद्ध भएका अधिकृत मण्डललाई साढे दुई वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुखका रुपमा कार्यरत हुँदा उनले सेवाग्राहीसँग घुस लिएका थिए । ३० मंसिर २०७६ मा उनी रंगेहात पक्राउ परेका थिए ।

सो घटनामा अहिले पनि मण्डलले भ्रष्टाचार मुद्दा झेलिरहेका छन् । त्यस्ता व्यक्तिलाई प्रधानमन्त्रीले उत्कृष्ट राष्ट्रसेवा सम्मानित गरेपछि कर्मचारीतन्त्रमा खैलाबैला मच्चिएको छ । अध्यक्ष गोपालप्रसाद पोखरेलले यो विषयमा प्रधानमन्त्रीलाई झुक्याएको स्रोतको भनाई छ ।

प्रतिक्रिया सबै