११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

२१ अंकले घट्यो सेयर बजार

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । मंगलबार नेप्से परिसूचक २१.२२ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक १९ सय ५१.७९ को बिन्दुमा झरेको छ । निरन्तर ओरालो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारी रह्यो ।

मंगलबार २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ । जसमध्ये १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य मात्रै बढेको छ । यस्तै ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

मंगलबार उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट तहमा बढेर कारोबार भयो । यस्तै एनएमबी हाइब्रिड फन्ड र सामुदायिक लघुवित्तको सेयर मूल्य झिनो अंकले बढ्यो ।

दोस्रो बजारमा धेरै गुमाउनेहरुमा सानिमा माई हाइड्रो, हिमालयन एभरेष्ट इन्स्योरेन्स र जोशी हाइड्रोपावर लगायत रहे । यी कम्पनीको सेयर मूल्य दोस्रो बजारमा क्रमशः ७.३२, ६.०२ र ५.५३ प्रतिशतले घट्न पुग्यो ।

मंगलबार हिमालयन एभरेष्ट इन्स्योरेन्स, रिडी जलविद्युत् र सानिमामाई हाइड्रोको सेयर धेरै खरिद बिक्री हुने स्टक बन्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्डबाहेक सबै उपसमूह राताम्य रहेका छन् ।

 

प्रतिक्रिया सबै