९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

आज देशभर निजामती सेवा दिवस मनाइदैँ

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदैछ ।

नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ यस दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरेको छ । निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई दुई लाख रुपियाँ राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई जनही ५० हजार रुपियाँसहित निजामती सेवा पुरस्कार र १० जनालाई जनही एक लाख रुीपयाँका दरले उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने कानुनी प्रावधान समेत रहेको छ । नेपालमा करिव ८३ हजार निजामती कर्मचारी रहेका छन् ।

तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । २०६० सालदेखि यस दिवस नियमित मनाउन थालिएको छ ।

यस वर्ष सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसैले पाएका छैनन् । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरुहरुमा निर्देशक पदम कुमार श्रेष्ठ, उपसचिवद्वय दीपक प्रसाद खतिवडा र हरि प्रसाद ज्ञवाली, उपसचिव मुना शर्मा, प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेल, उपसचिवद्वय शोभाखर रेग्मी र सन्तोष पौडेल, सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार यादव, शाखा अधिकृत रुकु शर्मा पौडेल र शाखा अधिकृत महंगु लोध रहेका छन् ।

यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा सहसचिव सुरेन्द्र मोहन श्रेष्ठ, सहसचिव रमेश अर्याल, उपसचिव लिलाकान्त पौडेल, निर्देशक सत्य नारायण थापा, सिनियर डिभिजनल इन्जिनियर नारायण प्रसाद काफ्ले, उपसचिवत्रय मुन कुमार केसी, ऋषिराम भुसाल र शान्ति बहादुर बस्नेत रहेका छन् ।

प्रतिक्रिया सबै