१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

राष्ट्र बैंकद्धारा सुपर लघुवित्त समस्याग्रस्त घोषणा

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको असार २०७८ को वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएको विशेष निरीक्षणमा संस्थाको सञ्चालक समितिको अध्यक्ष र सञ्चालकबाट ऋणको दुरुपयोग गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले यस संस्थालाई २०७८ चैत २ गते नै शीघ्र सुधारात्मक कारबाही विनियमावली २०७४ अनुसार कारबाही गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ अनुसार समस्याग्रस्त घोषणा गर्नुपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । तर संस्थाले दिएको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले समस्याग्रस्त वित्तीय संस्था घोषणा गर्नु परेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया सबै