९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त

 बिहिबार, भदौ २३ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन् ।

प्रमुखस्तरीय निर्णयबाट उनी नियुक्त भएको, प्रमुख बालेन्द्र शाहका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।

अर्यालले सिङ्गापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी हुन् ।

२०१७ मा शिक्षा क्षेत्रमा योगदान गरे बापत सिङ्गापुरको नेशनल इन्स्टिच्युट अफ एडुकेशनले प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

अर्याल सामाजिक अभियन्ता पनि हुन् । उनले टिच फर नेपालको ५ बर्ष अध्यक्षका रुपमा काम गरिसकेकी छन् ।

 

प्रतिक्रिया सबै