११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

बालुवाटारमा सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफल

 बिहिबार, भदौ २३ २०७९  

काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे बालुवाटारमा छलफल भएको छ । आज बिहान ९ बजेदेखि सिट बाँडफाँट कार्यदल र नेताहरूको बैठक जारी छ ।

बुधबार बसेको कार्यदल बैठकले सिट बाँडफाँट प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने सहमति गरेका थिए । विवादित क्षेत्र प्रधानमन्त्रीसहित पाँच दलीय शीर्ष नेताले टुंग्याउने तयारी छ ।

दलहरुले आफूले दाबी गरेका क्षेत्रमा गत चुनावहरूमा प्राप्त मतलगायतबारे विश्लेषणसहित क्षेत्रगत छलफल पनि गरेका छन् ।

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज १ मा बुझाउनुपर्ने भएकोले त्यसअघि नै प्रत्यक्षतर्फका सिट बाँडफाँट टुंग्याउने गरी तयारी छ । प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भने असोज २३ मा हुने आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया सबै