१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

बलात्कार व्यवसायको भण्डाफोर गरौं : शिव परियार

 बिहिबार, भदौ २३ २०७९  

काठमाडौं । गायक शिव परियारले बलात्कारको घट्नाको विषयलाई लिएर आक्रामक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत गायक परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।

नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुन लागेको उनले नेपाल सरकारलाई सम्बोधन गर्दै भनेका छन्- ‘सम्माननीय नेपाल सरकार, यो पेसेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नि रु कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ रु यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपया अनुसन्धान होस्’

गायक परियारले भनेका छन्- ‘होइन भने सबै क्षेत्रका व्यक्ति बलात्कारी भएको देश नेपाल हो भनेर विश्व मानचित्रमा दर्ज हुन बेर लाग्ने छैन ।’

यस्तो छ उनले लेखेको स्टाटस् :

प्रतिक्रिया सबै