११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

देशभरका फिल्म हल सोमबार बन्द गर्ने चलचित्र संघको निर्णय

 बिहिबार, भदौ २३ २०७९  

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरेको हो ।

महासचिव नरेन्द्र महर्जनका अनुसार चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो । कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।

कार्यसमिति बैठकपछि जारी विज्ञप्तिमा संस्थाका सदस्यहरुको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोप्रति सांकेतिक विरोधको कार्यक्रम घोषणा भएको जनाएको छ । सोही कुराको विरोध गर्न भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय भएको उल्लेख छ ।

फिल्म सेन्सर गर्दा अनावश्यक दुःख दिएको भन्दै अग्रिम बुकिङ नखोलिएको प्रष्टीकरण पनि संघले दिएको छ ।

 

 

प्रतिक्रिया सबै