११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

एमालेबाट समानुपातिकमा पुण्य गौतम सिफारिस

 शुक्रबार, भदौ २४ २०७९  

काठमाडौं । नेकपा एमालेले पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ । काठमाडौंको क्षेत्र नम्बर-३ बाट उनको सिफारिस भएको हो ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । उनले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद दिएका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए । उनले छिट्टै एमालेको केन्द्रीय कमिटीमा पनि स्थान पाउने आशा राखेका छन् ।

प्रतिक्रिया सबै