११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

‘अन्तरघातले कांग्रेसलाई कमजोर बनायो’

 शुक्रबार, भदौ २४ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अन्तरघातका कारण समयमा पार्टी कमजोर बन्दै गएको बताएका छन् ।

१०९ औं बीपी जयन्तीको अवसरमा तनहुँ कांग्रेसले दमौलीमा गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ समापन कार्यक्रमलाई संवोधन गर्दै उनले अप्ठेरोको बेला देशलाई सहि मार्ग देखाउने पार्टी कांग्रेस नै भएको जिकिर गरे । ‘अहिले कांग्रेस कमजोर हुँदै जानुको कारण नै अन्तरघात हो’, उनले भने ।

पार्टीमा अन्तरघात रहेको स्वीकार गर्दै उनले अझै पनि पार्टीले बीपीको बाटो नछोडेको र बीपीले देखाएको बाटोमा हिँडिरहेको दाबी गरे ।

केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले कार्यकर्ताहरु विचलित नहुनु पर्ने बताए । मंसिर ४ गते हुने निर्वाचनलाई मध्येनजर गर्दै काँग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस अभियान’ पहिलो चरणको कार्यक्रम सुरु गरेका थियो ।

प्रतिक्रिया सबै