१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

१६३ जनामा कोरोना संक्रमण

 शनिबार, भदौ २५ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४३० पुगेको छ ।

यस्तै, यो अवधिमा थप सङ्क्रमितको मृत्यु भने भएको छैन । यता, दुई दिनमा ४ लाख ८० हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

 

प्रतिक्रिया सबै