८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

मुख्यमन्त्री कार्यालयबाटै ५ जना कर्मचारी पक्राउ

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । गण्डकीको मुख्यमन्त्री कार्यालयबाटै ५ जना कर्मचारी पक्राउ परेका छन् । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्न रोकेको भन्दै गण्डकीका स्थानीय तहका निजामती कर्मचारीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हाताभित्रै आइतबार विरोधमा उत्रिएका थिए ।

ब्यानर निकालेर नाराबाजी गर्न लागेपछि मुख्यमन्त्री कार्यालयबाटै पोखरा महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल र चन्द्रकान्त तिमिल्सिना लगायत ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया सबै