११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

बाटोमै शिशुको मृत्यु ! कृष्ण माझी भन्छन्- ‘मेरो बच्चा बाँच्थ्यो कि’

रिकेश बिश्वकर्मा ‘क्षितिज’
 आइतवार, भदौ २६ २०७९  
तस्विरमा बाटोमै मृत्यु भएका शिशुको साथमा कृष्ण माझी, शिशु र श्रीमती सँगीता माझी ।

काभ्रे । देशमा यतिबेला प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी सुरु भएको छ । राजनीतिक दलका नेताहरुले विभिन्न स्थानमा जनतामाझ समृद्धि र समाजवादको सपना देखाउँदै भाषण छाँटिरहेका छन् ।

तर, देशका जनता कुन अवस्थामा छन् ? भन्ने कुरा ती नेताहरुलाई सायदै थाहा होला ?

काभ्रेको भुम्लु गाउँपालिका १ सापिङ भोटेटारका २५ बर्षीया सँगीता माझीको पछिल्लो घट्नालाई नियालौँ । श्रीमान कृष्ण माझीले भदौं ११ गते गर्भवती श्रीमती सँगीतालाई स्वास्थ्यमा असहज भएपछि फलाटे वडाको एम्बुलेन्समा सापिङ स्वास्थ चौकीतर्फ लगे । उता स्वास्थ कर्मी पनि तयार अवस्थामा थिए । तर, लामो समय सम्म पनि सस्थ्य चौकीमा बिरामी आइनपुगेपछि उनीहरुले सोधपुछ गर्दा एमुम्लेन्स बिचमै फसेको खबर सुने ।

लगत्तै स्वास्थ्यकर्मी स्टेचर बोकेर सुत्केरी महिला तर्फ गए । बाटोमै एम्बुलेन्स फसिरहेको अवस्थामा संगीताले त्यहि बच्चा जन्माईन् । तर, १५ मिनेटपछि उनको बच्चाको त्यहि मृत्यु भयो ।

‘मैले श्रीमतीलाई आजभन्दा अगाडी पनि २ पटक भिडियो एक्सरे गराएको थिए । स्वास्थ्यमा समस्या थिएन । एम्बुलेन्स फस्नुभन्दा केही अगाडी बच्चा जन्मियो बच्चा रोइरहेको थियो । पानीफोका फुटेर नाख र मुखमा परेर १०/१५ मिनेट पछि बच्चाको मृत्यु भयो’, श्रीमान कृष्ण्ण भन्छन्- ‘सायद स्वास्थ्यकर्मी चाँडै आएको भए मेरो बच्चा बाँच्थ्यो कि ।’

राजधानी नजिक भएर पनि सडक राम्रो नबन्दा यसरी सुत्केरी महिलाले बाटोमै आफ्नो सन्तान गुमाउनुपर्ने अवस्था देशकै दुःखद घट्ना भएको स्थानीय महेश माझी बताउँछन् ।

‘सँगीताको तत्काल हामिले उपचार गर्न पाएको भए बच्चालाई बचाउन सकिन्थ्यो । बाटोको यस्तो असहजता नभैदिएको भए वहाँलाई हामीले समयमै भेट्न पाउँथ्यौँ’, स्थानीय सरकारलाई आग्रह गर्दै स्वास्थ्कर्मी आइसा महतरा भन्छिन्- ‘बाटोलाई पहिलो प्रथामिकतामा राख्नु्होला । ता की भोलि सँगीताले जस्तो महिलाले आफ्नो सन्तान यसरी गुमाउनु नपरोस् !’

सापिङका वडअध्यक्ष लेखनाथलाई यस घट्नाबारे र रोडबारे बुज्दा जनताको सेवाको लागि आफुले प्रयास गरिरहेको प्रतिक्रिया दिए ।

‘मेरो वडा पनि मैले एम्बुलेन्स भन्दा पनि आफ्नै एउटा डबल क्याबिनको बोलेरो निकालेर जनतालाई सेवा दिनेछु’ उनले प्रतिबद्धता जनाए । तर, जनताहरुले तेल भाडा र ड्राइभर चार्ज ब्यहोरे पुग्ने उनको भनाई छ । उनले अब सापिङर्लाइ रोडको लागि पहिलो प्रथामिकतामा राख्ने बताए । ‘जनताहरुलाई अब हिउँद बर्खा नै ढुक्क बोटोमा गाडी चल्ने बनाउँछु’, उनले भने ।

 

प्रतिक्रिया सबै