१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

तस्बिर र गालीले नकारात्मक प्रभाव परेको छ : समीक्षा अधिकारी

 बुधबार, भदौ २९ २०७९  

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूभित्र मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत मंगलबार राति आफ्ना भनाइ राख्दै उनले पछिल्ला समय आएका गालीगलौजले चोट पुगेको बताएकी हुन् ।

सामाजिक सञ्जालमा आएका अनेक खालका तस्बिर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको दुखेसो उनले पोखेकी छन् ।

‘यहाँहरु सबैलाई अवगत भएकै कुरा हो । म लामो समयदेखि एउटा दु:खद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दु:खद हो’, उनले भनेकी छन् । ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला ।’

उनले आफूसँग जोडेर क्षतिपूर्ति र कयौँ लाख रुपैयाँ लिएको आरोपको पनि खण्डन गरेकी छन् । समीक्षाले अहिलेसम्म कसैबाट क्षतिपूर्तिबापत वा अन्य कुनै पनि किसिमको रकम नलिएको पनि स्पष्टीकरण दिएकी छन् ।

प्रतिक्रिया सबै