११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

पत्रकारको डेङ्गु परिक्षण नि:शुल्क हुने

 शुक्रबार, भदौ ३१ २०७९  

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका पत्रकारको डेङ्गु परीक्षण निः शुल्क हुने भएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष सुर्य सुबेदीले काठमाडौं उपत्यकामा रहेका सम्पुर्ण महासंघ सदस्यहरुलाई महाराजगन्जमा रहेको मेदान्त पोलिक्लिनिकबाट कुनै शुल्क नलिइ परीक्षण गर्ने सम्झौता भएको बताए । बिहीबार मेदान्त पोलिक्लिनिकका म्यानेजर शुशिला कार्की र महासंघ अध्यक्ष सुवेदीबिच सो विषयमा सहमति भएको हो ।

‘पत्रकारहरू जुनसुकै परिस्थितिमा पनि पहिलो घेरामा हुनुपर्छ,’ सुवेदीले भने, ‘महामारीको बेला जोखिममा पर्ने पत्रकारको सुरक्षा गर्ने हाम्रै दायित्व हो ।’

पछिल्लो दिन ललितपुरमा डेङ्गु समुदायस्तरमा फैलिएको छ । काठमाडौंमा पनि जोखिम बढेको छ । धेरै पत्रकार डेङ्गु संक्रमणमा छन् ।

तर डेङ्गुको उपचार र परीक्षणमा मन लाग्दो शुल्क लिएपछी निशुल्क गर्न पहल भएको हो ।

म्यानेजर शुशिला कार्कीले सामाजिक उत्तर दायित्व अन्तर्गत अग्रभागमा खटिने पत्रकार साथीहरूलाई निशुल्क परीक्षण गर्न तयार भएको बताइन् ।

प्रतिक्रिया सबै