salesforce zoom app zoom download for windows 10 64 bit windows 10 app zoom zoom installation free zoom học online pc zoom download for windows 10 for free zoom app icon
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

काठमाडौंको सार्वजनिक क्षेत्रभित्र चुरोट, सुर्ती खान रोक

 शनिबार, अशोज १ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आजदेखि चुरोट तथा सुर्ती खान रोक लगाइएको छ ।

महानगरपालिकाले बिहीवार सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान नपाइने जनाएको हो ।

सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउन लागेको भन्दै महानगरले अटेर गर्नेलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ का आधारमा कारबाही र जरिबाना तिराइने पनि जनाएको छ ।

प्रतिक्रिया सबै