१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

आइएमई र हिमाल डेन्टलबीच सम्झौता

 आइतवार, अशोज २ २०७९  

काठमाडौं । आइएमई पे र चाबहिल स्थित हिमाल डेन्टल हस्पिटलबीच साझेदारी सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं-तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरूले हिमाल डेन्टल हस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन् ।

हालको निम्ति एक वर्षको लागि मात्र गरिएको यस सम्झौतामार्फत प्रयोगकर्ताहरूले आइएमई पेको ४६ दिने ‘डिजिटल दशैँ तिहार २०७९’ क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडी चेक-अप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया सबै