८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

कवि भुपाल राईको कृति ‘यारी’ लोकार्पण

 शनिबार, अशोज ८ २०७९  

काठमाडौं । वरिष्ठ कवि तथा साहित्यकार भुपाल राईको पछिल्लो कविता संग्रह ​‘यारि’ शुक्रबार लोकार्पण गरिएको छ । राजधानीस्थित मण्डला थिएटरमा सार्बजानिक गरिएको उक्त कविता संग्रहलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।

कार्यक्रममा दुई पुस्ताका प्रतिनिधि पाँच कविहरुद्वारा बिमोचित संग्रह भित्रको कबिता बाचन पाँच प्रतिनिधि कवि र उक्त बिमोचित संग्रहका कवि स्वयम राईद्वारा संयुक्यत रुपमा बिमोचन गरिएको थियो ।

एकात्मक राज्यसत्ताले निर्माण गरेको साँस्कृतिक बिभेदको बिरुद्द चालिसको दसकदेखि निरन्तर गित, संङगित र साहित्यमार्फत कलम चलाई रहेका कवि राईलाई विद्रोही कविको रुपमा पनि चिन्ने गरिन्छ ।

कवि राईले सुम्निमाको तस्बिर (२०५३) दाजै, कविता गाउँमै छ, (२०५७) पहिलो हरफ शिरबन्दि, (२०५९) सिमान्त सौदर्य, (२०७०) र अगोले जन्मोत्सब मनाउँदैन सन (२०१५) पछी यो पछील्लो कविता संग्रह ‘यारी’ ल्याएका हुन् ।

प्रतिक्रिया सबै