९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

राष्ट्रपतिविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

 आइतवार, अशोज ९ २०७९  

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बहसबिना नै राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश जारी गर्दै रिटलाई अग्राधिकार प्रदान गरेको हो ।

रिटहरुमा अन्य कुनै आदेश माग नगरिएको हुँदा न्यायाधीश फुयालले सिधै कारण देखाउ आदेश जारी गरेका छन् ।

अदालतमा सोमबारदेखि दसैँको बिदा लागु हुने र बन्दी प्रत्यक्षीकरणको रिटबाहेक सुनुवाइ नहुने हुँदा अब उक्त रिटमाथि दसैँ पछाडि मात्र पेसी हुनेछ ।

प्रतिक्रिया सबै