१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

भारतद्धारा अस्ट्रेलिया ६ विकेटले पराजित

 सोमवार, अशोज १० २०७९  

काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला २-१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा भारतले आइतबार अस्ट्रेलियालाई ६ विकेटले हराएको छ ।

भारतको जितमा सूर्यकुमार यादव र विराट कोहलीको प्रदर्शन महत्वपूर्ण रहेको थियो । अस्ट्रेलियाले दिएको एक सय ८७ रनको लक्ष्य भारतले एक बल बाँकी रहेको अवस्थामा ४ विकेट गुमाएर भेट्टायो ।

कोहलीले ६३ र सूर्यकुमारले ६९ रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि एक सय ४ रनको साझेदारी गरेका थिए । अन्तिम ओभरमा ११ रन आवश्यक रहेको अवस्थामा सूर्यकुमारले पहिलो बलमै छक्का प्रहार गर्दै जितलाई सहज बनाएका थिए । त्यसअघि अस्ट्रेलियाको पालीमा क्यामरुन ग्रिनले ५२ र टिम डेभिडले ५४ रन बनाएका थिए ।

सूर्यकुमार प्लेयर अफ दी म्याच र अक्सर पटेल प्लेयर अफ दी सिरिज भए ।

प्रतिक्रिया सबै