१७ बैशाख २०८१, सोमबार Monday 29 April, 2024

काठमाडौंमा बलिउड अभिनेत्री मानुषी चिल्लर

 सोमवार, अशोज १० २०७९  

काठमाडौं । बलिउड अभिनेत्री मानुषी चिल्लर नेपाल आएकी छन् । पूर्वविश्व सुन्दरीसमेत रहेकी चिल्लर यतिबेला काठमाडौंमा छिन् ।

उनी टीजीआइएफ फेसन सप्ताहमा सहभागी हुनका लागि नेपाल आएकी हुन् । चिल्लर आइतबार साँझ काठमाडौंको हायात होटल र्‍यापमा देखिएकी छन् ।

शिवांगी प्रधानको पहिरनमा रनवेमा देखिएकी चिल्लर शोज स्टपरको रुपमा प्रस्तुत भएकी थिइन् ।

उक्त रनवेमा नेपाली अभिनेत्रीहरु करिश्मा मानन्धर र सुष्मा कार्की पनि देखिएका थिए । न्यूडले प्रस्तुत गरेको पहिरनमा प्रस्तुत भएका करिश्मा र सुष्मा पनि निक्कै आकर्षक देखिएका थिए ।

टीजीआइएफको सन् २०२२ को संस्करणमा नेपाली सेलिव्रिटीले पनि रनवेमा भाग लिइरहेका छन् ।

प्रतिक्रिया सबै