१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

८ जना पत्नीको माग पूरा गर्न घण्टौँ पसिना बगाउँने युवक !

 सोमवार, अशोज १० २०७९  

काठमाडौं । ब्राजिलियनका आर्थर ओ उर्सो नामका एक पुरुष आफ्ना आठ जना पत्नीसँगै बस्दछन् । उनका पत्नीहरुले पछिल्लो समय उनीसँग एउटा जब्बर माग तेर्साएका छन् । सो माग पूरा गर्न उनले दिनहुँ घण्टौँसम्म पसिना बगाउनु परेको छ ।

उनका श्रीमतीहरुले उनीसँग गठिलो शरीरसहित सिक्स प्याक एब्स बनाउन माग गरिरहेका छन्। त्यो माग पूरा गर्न उनले दिनहुँ कडा व्यायाम गर्ने गर्दछन् ।

तर, आवश्यकताभन्दा धेरै आफ्नो जिउको ख्याल गरेको देख्दा आफू पत्नीहरुको निशानामा पर्ने गरेको उनी बताउँछन् । कहिलेकाहीँ पत्नीहरुले आफ्नो आरिस गर्ने गरेको पनि उनको गुनासो छ ।

आर्थर पहिलेदेखि नै चर्चामा रहने गरेका छन् । हालै उनका ८ पत्नीमध्ये केहीले उनीसँग सिक्स प्याक एब्स बनाउने साँझा माग राखे । जसका कारण उनले पछिल्लो केही दिनदेखि व्यायाममा केन्द्रित भइरहेका छन् । उनले जिमखानामा दिनहुँ गएर पसिना बगाउँछन् ताकि पत्नीहरुका लागि सिक्स प्याक एब्स सहितको गठिलो जिउ उपहार दिन सकियोस् ।

आर्थर ब्राजिलका चर्चित सोसल मिडिया सेलिब्रेटी पनि हुन् । उनको इन्स्टाग्राममा करिब २ लाख फलोअर्स् छन् । आफ्ना पत्नीहरुसँगको व्यक्तिगत जिवनका तस्वीरहरु उनले इन्स्टाग्राममा शेयर गर्ने गर्दछन् ।

उनी पछिल्ला केही दिनमा Spornsexual को रुपमा चिनिएका छन् । बेलायती पत्रिका मिररका अनुसार Spornsexual त्यस्ता व्यक्ति हुन् जसले आफ्नो लुक्समा धेरै ध्यान दिन्छन् । तर आर्थरका केही पत्नीलाई उनको यस्तो बानी मन पर्दैन । आर्थर स्वयं भन्छन् कि उनका केही पत्नीहरु उनको डाहा गर्दछन् ।

उनको शरीरका विषयमा उनका पत्नीहरुले के सोँच्दछन् भनेर सोधिएको प्रश्नमा आर्थरले आफ्नो शरीर गठिलो होस् भन्ने पत्नीहरुको चाहना हुने गरेको र यदि त्यसो नगरेमा आफुले पत्नीहरुको भाषण सुन्नुपर्ने बताउँछन् ।

शरीर चुस्त दुरुस्त राख्नका लागि उनी भोजनमा निकै ख्याल गर्दछन्। ग्लुटेन, ल्याक्टोजयुक्त खाना तथा पास्ता खाँदैनन् । ओलम्पिक खेलाडिका लागि डिजाइन गरिएको व्यायाम उनले गरिरहेका छन्। जसमा म्याराथन, क्रस फिट, ३ घण्टाको वेट तालीम तथा दौड सामेल छन् ।

वास्तवमा आर्थरका ९ वटा पत्नीहरु थिए । एकजना पत्नीसँग उनको डिभोर्स भयो । आर्थर अझै दुईवटा महिलासँग बिहे गरेर आफूसँग रहेका पत्नीको संख्या १० पूराउन चाहन्छन् ।

कुन् दिन कुन श्रीमतीसँग रोमान्स गर्ने भनेर उनले समयतालिका पनि बनाएका छन् । आर्थरकी पहिलो पत्नीको नाम लुआना कजाकी हो । एजेन्सी

प्रतिक्रिया सबै