१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

गायिका जेरुसा राईको सुसाइड नोट- ‘अब मेरो बिदा हुने समय आयो !’

 सोमवार, अशोज १० २०७९  

काठमाडौं । गायिका जेरुसा राई ४ दिनदेखि बेपत्ता भएकी छन् । ललितपुरको धोबीघाटस्थित घरमा मोवाइल छाडेर हिँडेकी जेरुसाले लेखेको ‘सुसाइड नोट’ भेटिएको छ ।

उनी असोज ६ मा साँझबाट बेपत्ता हुन् । उनले लेखेर छाडेको सुसाइड नोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । युट्युबबाट चर्चित ३० वर्षीया गायिका जेरुसाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलको भनाई छ ।

सुन्दरीघाटमा जडान गरिएको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरामा जेरुसा एक्लै हिँडिरहेको देखिएको छ । सुन्दरीघाट बाहेक अन्यत्रको क्यामेरामा उनको गतिविधि देखिएको छैन । जेरुसा अमेरिका र बेलायत बसेर फर्केकी हुन् ।

प्रहरीका अनुसार अंग्रेजी भाषामा जेरुसाले एक पेज लामो ‘सुसाइड नोट’ लेखेर छाडेकी छन् । नोटमा उनले लेखेकी छन्-‘ आमा, म जत्ति बाँचे प्रुटफुल जीवन बिताएँ अब मलाई बिर्सिनुहोला !’ आमा र परिवारलाई उनले भनेकी छन्- ‘तपाईहरु प्रुटफुल जीवन बाँच्नुहोस्, मलाई बिर्सिनुहोस् ।’

घर छाड्नुको कारणबारे जेरुसाले भनेकी छन्- ‘यसमा कसैलाई पनि दोष दिँदिन, मेरो जीवनको दोषी म आफैं हुँ ।’ नोटको अन्तमा उनले लेखेकी छन्-‘अब मेरो बिदा हुने समय आयो !’ सोमबार समाचार तयार गर्दासम्म उनको अवस्था अज्ञात नै छ । ललितपुर प्रहरीले उच्च प्राथमिकताका साथ उनको खोजी गरिरहेको छ ।

प्रतिक्रिया सबै