११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

न्यायोचित सिट बाँडफाँट नभए प्रचण्डविरुद्ध उम्मेदवारी दिन्छु : गुरुराज घिमिरे

 मङ्लबार, अशोज ११ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उम्मेदवारी दिने बताएका छन् ।

पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध उम्मेदवारी दिने उनले बताए । ‘कांग्रेसबाट विद्रोह गरेर चितवन ३ मा उठ्छु । कांग्रेसमै रहेर प्रचण्ड विरुद्ध उम्मेदवार हुने कुरा भएन,’ घिमिरेले भने ।

नेता कोइराला पक्षधरलाई बेवास्ता गरी सिटको भागबण्डा टुंगिए मान्य नहुने उनको भनाइ छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ४० प्रतिशतको हिस्सेदार आफ्नो समूह रहेको शेखर पक्षको दाबी छ ।

‘४० भनेर ४० प्रतिशत नै हुनुपर्छ भन्ने होइन, न्यायोचित हुनुपर्यो,’ घिमिरेले भने, ‘त्यसमा ४/५ प्रतिशत तलमाथि हुनसक्छ । तर, न्यायोचित हुनुपर्छ ।’

सत्ता घटकका अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको बलमा सभापति शेरबहादुर देउवाले आफ्नो पक्षलाई बेवास्ता गरेको बुझाइसमेत शेखर समूहमा छ ।

प्रतिक्रिया सबै