८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

ब्राजिलको ट्युनिसियामाथि फराकिलो जित

 बुधबार, अशोज १२ २०७९  

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले ट्युनिसियामाथि ५-१ गोल अन्तरको फराकिलो जित हात पारेको छ ।

मंगलबारको खेलमा ब्राजिललाई जित दिलाउने क्रममा रिफिन्हाले दुई गोल गरेका थिए । त्यस्तै रिचार्लिसन, नेयमार र पेड्रोले १/१ गोल गरेका थिए ।

विपक्षी टोलीको तर्फबाट मोन्टासार टाल्बीले एक गोल फर्काएका थिए । खेलको ४२ औं मिनेटमा ट्युनिसियाका डिलान ब्रोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

प्रतिक्रिया सबै