८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत फेला

 बुधबार, अशोज १२ २०७९  

काठमाडौं । मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव भेटिएको छ । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् ।

उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ ।

हेलिकोप्टरमार्फत् उनलाई गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने बताइएको छ ।

प्रतिक्रिया सबै