८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

एमालेको सचिवालय बैठक आज बस्दै

 बिहिबार, अशोज १३ २०७९  

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्न लागेको हो । बैठकमा निर्वाचनको तयारी र उम्मेदवार चयनका विषयमा छलफल हुने बताइएको छ ।

यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् । साथै निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूचीबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ ।

एमालेमा प्रत्यक्ष तर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छान्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो ।

प्रतिक्रिया सबै