८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

एमालेका दुई नेता माओवादीमा प्रवेश

 शुक्रबार, अशोज १४ २०७९  

काठमाडौं । सल्यानका दुई एमाले नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चुनावको मुखैमा एमाले कर्णाली प्रदेश कमिटीका सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल माओवादीमा प्रवेश गरेका हुन् ।

दुवै पूर्वमाओवादी नेताहरुलाई अध्यक्ष प्रचण्डले शुक्रबार पार्टीमा स्वागत गरे । उनीहरु तत्कालीन नेकपा विभाजनपछि बादल समूहसँगै एमालेमा रहेका थिए ।

कुँवर माओवादी जनमुक्ति सेनाका कमाण्डर थिए । पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरु मात्रिका यादव, टेकबहादुर बस्नेत, रमेश मल्ललगायत उपस्थित थिए ।

प्रतिक्रिया सबै