१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

ऊर्जामन्त्रीको निर्देशन- चाडपर्वमा विद्युत् सेवा अवरुद्ध नहोस्

 शुक्रबार, अशोज १४ २०७९  

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडपर्वको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् ।

शुक्रबार प्राधिकरणका उच्च तहका कर्मचारीलाई मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरू बिदामा बस्ने भएपछि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अविच्छिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिएकी हुन् ।

‘जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन’, उनले भनिन् । केहीबेर पनि विद्युत् गयो भने जनतामा निराशा पैदा हुने भन्दै त्यस्तो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरे ।

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरू जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको बताए । चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिए । कार्यक्रममा विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूको सहभागिता थिए ।

प्रतिक्रिया सबै