९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

इन्डोनेसियाको फुटबल खेलमा हिंसा हुँदा १२७ जनाको मृत्यु

 आइतवार, अशोज १६ २०७९  

काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ । इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताएअनुसार खेलका क्रममा भएको हिंसामा करिब १२७ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

रोयटर्सले इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १२७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।

हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए भने भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए ।

प्रतिक्रिया सबै