८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

मधुले राजेश हमालको खुट्टा ढोगेपछि…

 शुक्रबार, अशोज २१ २०७९  

काठमाडौं । अभिनेता राजेश हमालको खुट्टामा उनका श्रीमती मधुले ढोगेको फोटो समामाजिक सञ्जालमा भाइरल भएको छ ।

आमाको वार्षिक पुण्यतिथि पर्ने भएकाले अभिनेता हमालले विजयादशमीको भोलिपल्ट मात्र दशैंको टीका लगाएका थिए । दिदी र भिनाजुको हातबाट हमाल दम्पतीले टीका ग्रहण गरेका हुन् ।

त्यसपछि हमालले मधु र निकट सहकर्मीलाई पनि बोलाएर टीका लगाइदिए । टीका थापेपछि मधुले हमालको खुट्टामा ढोगेकी छन् ।

मधुले खुट्टा ढोगेको यो तस्वीरको पक्ष र विपक्षमा फ्यानले मत जाहेर गरेका छन् । कतिपयले खुट्टा ढोगाउनुलाई पटक्कै मन नपरेको प्रतिक्रिया दिएका छन् भने कतिपयले ढोगेको कति दामी देखिएको भन्दै प्रशंसा गरेका छन् ।

यो तस्वीरको पक्षमा समर्थन गर्नेहरु पनि प्रशस्तै छन् । विरोध गर्नेहरु पनि उत्तिकै । धेरैले मधुले संस्कारलाई पछ्याउँदै हमाललाई ढोगेको पनि कमेन्ट गरेका छन् ।

तर, हमाल दम्पतीलाई नेपाली फिल्म क्षेत्रमा निकै रुचाइएको र आदर्शवान जोडीको रुपमा लिइने गरिन्छ ।

प्रतिक्रिया सबै