९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

केपी ओलीविरुद्ध नाराबाजी, रावलका समर्थकले देखाए एमाले उम्मेदवारलाई कालोझण्डा

 आइतवार, अशोज २३ २०७९  

अछाम । अछाम १ बाट एमालेका नेता भीम रावलका समर्थकले एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले प्रतिनिधिसभा सदस्यका उम्मेदवार झपट बोहोरालाई कालोझण्डा पनि देखाएका छन् ।

रावलका समर्थकले आइतबार प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराउन जाँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका हुन् ।

भीम रावलको ठाउँमा बोहोरालाई टिकट दिइएपछि उनीहरुले ‘नेकपा एमाले जिन्दावाद, केपी ओली मुर्दावाद’को नारा लगाएका थिए । अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस भएका थिए । तर, अध्यक्ष ओलीले बोहोरालाई टिकट दिएपछि एमाले अछाममा विद्रोह भएको छ । एमाले अछामका ४० जनाले राजीनामा समेत दिएका छन् ।

प्रतिक्रिया सबै