१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

रूपन्देही-२ मा गठबन्धनका गुरूङसहित तीन जनाको उम्मेदवारी खारेज

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही-२ को प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज भए​को छ ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरूङको उम्मेदवारी खारेज भएको जनाकारी दिए ।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।

स्वतन्त्र उम्मेदवार हिमाल बस्याल, हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस)को उम्मेदवारी पनि खारेज भएको छ ।

भुसालविरुद्ध स्वतन्त्र उम्मेदवारहरु विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका थिए । उनी विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो । उनीहरु एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया सबै