१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग पैसा माग्ने १ व्यक्ति पक्राउ

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । विराटनगरका व्यापारीलाई ‘प्रहरीको हाकिम हुँ’ भनेर पैसा मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-२ घर भएका रविन घिमिरे हुन् ।

महानगर-१५ स्थित १ नम्बर ढाटमा व्यापारीहरूलाई ‘प्रहरीको हाकिम हुँ’ भनेर पैसा मागेको सुराक आएपछि घिमिरेलाई पक्राउ गरिएको जिप्रका मोरङका डिएसपी दिपक श्रेष्ठले बताए । पैसा मागेको अडियो प्रहरीले फेला पारेको छ ।

आरोपी विरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय रानीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै