११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

मिरुनाले नभ्याएपछि ‘फूलबारी’ मा शिल्पा अनुबन्धित

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको फिल्म ‘फूलबारी’मा नायिका शिल्पा मास्के अनुवन्धित भएकी छन् । फिल्मको छायांकन अन्तिम चरणमा पुगेको अवस्थामा शिल्पा फिल्ममा जोडिएकी हुन् ।

फिल्ममा पहिला नायिका मिरुना मगरले विशेष भूमिकामा काम गर्ने पक्का भएको थियो । तर, यूकेमा रहेकी मिरुना नेपाल आउन नपाएपछि उनको ठाउँमा शिल्पाको प्रवेश भएको हो ।

यस्तै, फिल्ममा श्रृजना सुब्बाको स्थानमा कलाकार गौमाया गुरुङको प्रवेश भएको छ । गौमायाले पनि फिल्म ‘कबड्डी ४’ मा काम गरेकी थिइन् । यो फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की मुख्य भूमिकामा छन् । फिल्म ‘छड्के २’ का कारण श्रृजनाले समय दिन नसकेपछि गौमाया फिल्ममा भित्रिएकी हुन् ।

प्रतिक्रिया सबै