१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

अमेरिकाको नर्थ क्यारोलिनामा गोली चल्दा ५ जनाको मृत्यु

 शुक्रबार, अशोज २८ २०७९  

काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनामा बिहीबार भएको गोली आक्रमणमा पाँचजनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा एक प्रहरी अधिकारी पनि सामेल छन् । समाचारमा उल्लेख गरिएअनुसार बिहीबार स्थानीय समयअनुसार साँझ करिब पाँच बजे उक्त घटना भएको हो ।

नर्थ क्यारोलिनाकी मेयर मेरी एन बाल्डविनले गोली आक्रमणको यो घटनामा अन्य दुईजना मानिस पनि घाइते भएको जानकारी दिएकी छन् ।

उनले यस विषयमा विस्तृत जानकारी भने दिएकी छैनन् । उनले यस किसिमका हिंसा रोक्नुपर्ने चुनौती अमेरिकासँग रहेको बताएकी छन् । यो आक्रमणमा संलग्न रहेको आरोपमा एक गोरा किशोरलाई हिरासतमा लिइएको छ ।

प्रतिक्रिया सबै