१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

बालेनलाई चेतावनी : राम्रो छबि सोत्तर हुने निश्चित छ !

 शुक्रबार, अशोज २८ २०७९  

काठमाडौं । काठमाडौं महानगर प्रहरीले थापाथलीस्थित प्रसुती गृह अस्पताल नजिकै विगत २ वर्षदेखि ठेलामा चिया-खाजा बेच्दै आएकी शर्मिला तामाङको ठेला पसल विहिबार नियन्त्रणमा लियो । महानगरपालिकाले डोजर-गाडीसहित लिएर गएपछि शर्मिलाले आफूले उक्त ठाउँ छाड्ने बताएपनि महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले आत्मनिर्भर बन्दै गरेकी एक निमुखाको उठिबास लगायो ।

मेयर बालेन शाहको मौखिक आदेशमा नगर प्रहरी पाण्डेको सनकका भरमा एउटी बेसहारा महिलाको गरिखाने ठेलागाडाका सामान फालियो र गाडा पनि फुटालिएको हो ।

थापाथलीको प्रसुतिगृहको पूर्वी गेट नजिकै लमजुङ स्थायी घर भएकी ३४ वर्षीया शर्मीला आफ्नो ठेलामा चिया र चटपटे व्यापार गर्दै आइरहेकी थिईन् । परिवारमा कमाउने आफूमात्र भएको भन्दै बिरामी श्रीमान् र २ वर्षको बच्चा यही व्यापारबाट भएको कमाइमा निर्भर रहेको उनले रुँदै सुनाए । तर, महानगर प्रहरीले सुनेन । उनले अबदेखि सो ठाउँमा नबस्ने भन्दै विलौना गरिरहँदा पनि नगर प्रहरी राजु पाण्डेको सनकमा ती निमुखाको उठिबास गरियो । चिया र चटपटे बेचेर आफ्ना बच्चा र बिरामी श्रीमान्‌को रेखदेख गर्न सघाएको त्यही ठेला पनि अहिले काठमाडौं महानगरपालिकाको कब्जामा परेपछि उनी रुँदै महानगरकै गाडीमा आफ्नो ठेलालाई अँगालो हालेर सँगै गईन् ।

दैनिक जीवनयापन गर्न गाह्रो भएपछि २ हजारमा नाङ्लो व्यापार सुरु गरेकी शर्मिला दुःख देखेर विदेशमा बस्ने एकजना शुभचिन्तकले लकडाउनमा ठेलागाडा किन्ने पैसा पठाइदिएका थिए । त्यही पैसाले किनेको ठेलागाडामा सामान राखेर उनले प्रसूति गृह अगाडि दिउँसो व्यापार गरेर दैनिक ५ सयदेखि १ हजार रूपैयाँसम्म कमाउँदै उनका बिरामी श्रीमानको उपचार र आफ्नो सन्तानको भविष्यका लागि काठमाडौंमा आत्मनिर्भर बन्दै संघर्ष गरिरहेकी थिइन् ।

‘मेरो स्टिल निकाल्न दुःख गरिरहेकी छु । मेरो हातमा स्टील छ । काम पनि कसैले दिँदैन । अर्काले दिएको विदेशमा भएको मान्छेले पैसा पठाएर किन्देको हो । आजदेखि आउँदिनँ त भनिराखेको थिएँ । मेरो बच्चा बाटोमा रोइरहेको हो’, उनले महानगर प्रहरीसँग विलौना गर्दै भनेकी छन् । उक्त भिडियो फोटोहरु अहिले सामाकिज सञ्जालमा भाइरल भइरहेको छ ।

महानगर प्रहरीका प्रमुख पाण्डेले भने आफुहरुले कानुन्को पालना गर्ने सिलसिलामा भावनामा पग्ने सुविदा नभएको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय डोजर चलाउने र साना व्यवसायीहरुलाई उठाउने सन्दर्भमा कुनै लिखित निर्णयविना मेयरको मौखिक आदेश भन्दै पाण्डेले तोडफोड गरिरहेको महानगरपालिका स्रोतको भनाई छ ।

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउनुका साथै फुटपाथ र सडकपेटीमा व्यापार गर्ने व्यापारहरूलाई नियन्त्रणमा लिँदै आइरहेको छ । तर, महानगरले फुटपाथ र सडकपेटीमा व्यापार गर्ने व्यापारहरूलाई उनीहरुको वास्तविक्ता बुझेर विकल्पको बाटो सिर्जना भने गर्न सकेको छैन ।

कतिपयले मेयर बालेनले गरिबको उठिबास लगाएको आरोप लगाईरहेका छन् । बाटोमा व्यापार गर्न नमिल्ने कतिपयको तर्कलाई उनीहरुले गरिबको उठिबास लगाउन नहुने र श्रमजीवी बर्गकोे गरिखान पाउने अधिकार महानगरले खोसेको जस्ता पक्ष विपक्षमा तर्क बहस भइरहेको छ ।

काठमाडौं महानगरबारे पछिल्लो समय दुई सामग्री भाइरल छन् । एक : काठमाडौंस्थित लनडन पपमा मेयर बालेन शाह र उनका श्रीमतीसहित गएर नाचेको भिडियो । दुई : शर्मिलाले गरिखाने आधार आफ्नो ठेला दिन महानगरसँग रुँदै मागिरहेको भिडियो । सामाजिक सञ्जालमा शर्मिलाको उक्त फोटो भिडियो धेरैले सेयर गर्दै महानगरका मेयर बालनेप्रति आक्रोस व्यक्त गरेका छन् । भने कतिपयले कानुन् अनुसार बालेनले सहि गरेको पनि तर्क गरेका छन् । हेरौँ कसले के भनेका छन् :

सामाजिक सञ्जालमा ट्वीटरमा मोहन अनसारीले काठमाडौं महानगरप्रति गम्बिर प्रश्न गरेकी छन् । ‘आर्थिक रुपमा महिलालाई आत्मनिर्भर बनाउने योजना के स्थानिय सरकारको जिम्मामा पर्दैन ? नागरिकको रोजीरोटी खोस्नका लागि स्थानिय सरकार चाहिएको हो ?’, उनले भनेकी छन्- ‘के स्थानिय सरकारले यी व्यापारीसँग संवाद गरेर दिगो समाधान निकाल्न सक्दैन् ? भोट एकपटक दिए वा दिएनन् वा स्वतन्त्र उम्मेदवार निरंकूश हुन् !’

त्यस्तै, फेसबुममा पत्रकार तथा लेखक नरेश ज्ञवालीले पनि निकै गम्भिरपूर्ण प्रश्नहरु गर्दै बालेनप्रति आक्रोस व्यक्त गरेका छन् । ‘के यो शहर सफा, सुन्दर, चिल्लो गरिबहरु, दलितहरु, सिमान्तकृतहरुको अपमानको मुल्यमा बनाउन खोजिएको हो ?, उनीहरुको आँसु र पीडाको जगमा हो शहरको विकासे मियो ठड्याउन खोजेको ? के यो शहर काम गरी खानेहरुको होइन ?’, उनले भनेका छन्- ‘एउटा तोरी मेयरको सनकका भरमा हजारौँको रोजीरोटी खोसिनु पर्ने ?, शहरमा गर्नुपर्ने हजारौँ कामतर्फ हेर्दै नहेरी सडकमा फोहरको ढंङ्गुर नउठाई ठेलागाडा हटाएर सडक सफा बनाउनु पर्ने मेयरलाई ?’, उनले लेखेका छन्- ‘म त घृणा गर्छु बालेन तिमीलाई !’

त्यस्तै, शर्मिलालाई सहयोगको लागि अपिल गर्दै सामाजिक अभियनता तथा पूर्वसचिव भीम उपाध्यायले पनि गरिबप्रति महानगरले गरिरहेको अमानवीय व्यवहारको विरोध जनाएका छन् । महानगरको यस्ता अमानवीय ब्यवहारले विश्वभरी त्यसै पनि संकटग्रस्त नेपालको, महानगर पदाधिकारीको, नेपालको अमानवीय राजनीतिको र मेयरप्रतिको राम्रो छबि तिब्र गतिमा सोत्तर हुँदै जाने निश्चित छ’, उनले लेखेका छन्- ‘बेलैमा सचेत रहनु पर्यो । जायज क्यालकुलेटिभ खतरासँग खेल्नु ठिकै होला । तर, ब्यापक ब्याप्त गरिबीसँग खतरा मोल्नु ढिलाचॉडो महानगरका पदाधिकारीका निम्ति खतरनाक र प्रतिउत्पादक हुन सक्छ’, उनले चेतावनी दिएका छन् ।

त्यस्तै, हरि भण्डारीले सामाजिक सञ्जालमा कमेन्ट गरेका छन्- ‘बालेन जि काठमाडौं तिम्रा बाउ को बिर्ता होईन ! धनी होस् या गरिब, राज्यका हरेक नागरिकले राज्यको हरेक कुनामा स-सम्मान बाँच्न पाउनुपर्छ । साझ बिहान छाक टार्न मुस्किल हुने पीडितलाई व्यवस्था गरोस् यहि हो मेरो चाहाना ।’

त्यस्तै, लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले लेख्छन् – ‘कि गरि खान देउ, नभए सामाजिक भत्ता देउ र तिम्रा फुटपातमा तेल दलेर बस बालेन् !’ त्यस्तै, मायाले फेसबुकमा लेखेकी छन्- ‘बालेन सरको काम ठिक हो तर एकचोटि यस्तो अवस्था भएको र जसको कामाउने कुनै आधार स्रोत छैन उनीहरुको अवस्थाको पहिचान गरेर पनि त काम गर्न पर्यो । देश बिकास गर्ने भन्दैमा गरिब वर्गलाई मार्नु पनि भएन त कि रोजगारको व्यवस्था मिलाउनु पर्यो । एजेन्डामा एक भनेर भोट माग्ने जितेपछि गरिबलाई रुवाउनु त भएननी !’

त्यस्तै, पाल्देन थिङ तामाङ फेसबुकमा लेख्छन्- ‘विकल्प नदिएर गरिबलाई बेरोजगार बनाउने तराई मुलुकका बलेनलाई गरिबको आँशुले पोल्नेछ । क्लबमा मस्ती गरेको एक दिन निस्किनेछ !’

माथिको तस्विरमा – आफ्नो ठेला छाडिदिन महानगरीय प्रहरीसँग अनुरोध गर्दै शर्मिला तामाङ । तस्विर श्रोत : दिपेन्द्र रोक्का इकान्तिपुरबाट साभार ।

 

 

 

 

 

 

 

प्रतिक्रिया सबै