१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

टर्कीको कोइला खानीमा विष्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु

 शनिबार, अशोज २९ २०७९  

काठमाडौं । टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको विष्फोटमा कम्तिमा २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

खानीमा ५० भन्दा धेरै कामदार फसेका छन् । बाहिर निकाल्ने क्रम जारी राखिएको टर्कीका गृहमन्त्री सुलेमान सोयलूले जानकारी दिएका छन् ।

बार्टिनको अमासरा सहरमा रहेको उक्त खानीमा ज्वलनशील ग्यासका कारण विस्फोट भएको बताइएको छ ।

खानीमा विष्फोट भएको सूचना पाउनेबित्तिकै गृहमन्त्री सोयलू घटनास्थल पुगेका थिए । उनका अनुसार विष्फोटका बेला खानीमा ११० कामदार रहेका थिए । अधिकांश मानिस बाहिर आइसकेका थिए ।

५० जनाजति खानीभित्र फसेकाले उनीहरुको उद्धार गर्ने काम भइरहेको मन्त्री सोयलूले जानकारी दिए । सन् २०१४ मा पनि टर्कीकै मानीसा प्रान्तमा भएको कोइला खानी विष्फोट हुँदा ३०१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया सबै