११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आज र भोलि

 आइतवार, अशोज ३० २०७९  

काठमाडौं । आज र भोलि कक्षा १२ को स्तर वृद्धि (पुरक) परीक्षा भइरहेको छ । देशभरका ४२४ परीक्षा केन्द्रमार्फत परीक्षा संचालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको वार्षिक परीक्षाको नतिजा भदौ १७ गते सार्वजनिक गरिएको थियो ।

बोर्डले पहिलो पटक ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । जसमा १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका थिए ।

दुई विषयमा नन ग्रेडिङमा परेको १ लाख ३० हजार विद्यार्थीले पुरक परीक्षा दिन लागेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेखिन्छ । दुई विषय भन्दा बढीमा एनजी आएमा विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ । जसअन्तर्गत यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् ।

ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जना रहेको बोर्डले जनाएको छ । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

 

प्रतिक्रिया सबै