९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

तपाईंको एक मतले देश र समाज बदलिनेछ : नेपाल

 आइतवार, अशोज ३० २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता मतदातामात्रै नभएर भाग्य निर्माता भएकाले सचेत भएर मतदान गर्न आग्रह गरेका छन् ।

आफूहरुले नागरिकको मौलिक अधिकारलाई बोझ नभएर राज्यको दायित्व ठानेको फेसबुकमा एक भिडियो राख्दै भनेका छन् ।

‘हामी लोकतन्त्रलाई कागजमा सीमित सिद्धान्त होइन जीवनशैली ठान्छौं। हामी स्वाधीनता र राष्ट्रिय हितलाई नारा होइन हर नेपालीको धडकनमा हाल्छौं। हामी विकास र समृद्धिलाई हिजोको सपना होइन आजको चाहना मान्छौं । नागरिकको मौलिक अधिकारलाई बोझ नभएर राज्यको दायित्व ठान्छौँ । हामी जनतालाई मतदातामात्रै नभएर भाग्य निर्माता ठान्छौं । देश र समाज बदलिनेछ तपाईंको एक मतले ।’

प्रतिक्रिया सबै