९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

डेंगु संक्रमणबाट ४९ जनाको मृत्यु, संक्रमितको संख्या ४२ हजार नजिक

 मङ्लबार, कार्तिक १ २०७९  

काठमाडौं । यसवर्ष साउनयता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । संक्रमितको संख्या ४१ हजार ७४३ र मृतकको संख्या ४९ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । डेंगी संक्रमितको संख्या सन् २००४ यताकै उच्च देखिएको हो ।

काठमाडौं उपत्यकाका अधिकांशमा डेंगी संक्रमण भइसकेकाले अब उपत्यका बाहिरका केही जिल्लामा संक्रमितको संख्या उच्च हुनसक्ने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाई छ ।

उपत्यकाबाहिर गुल्मी, दार्चुला, संखुवासभा, कास्कीलगायतका २६ जिल्लामा संक्रमितको संख्या एक सयमभन्दा माथि छ । नवलपरासी, रौतहट, इलामलगायतका ११ जिल्लामा संक्रमित थपिँदै गएका छन् ।

 

प्रतिक्रिया सबै